• २०८१ बैशाख १७ सोमबार

नेपाली क्रिकेट टिमलाई सरकारले जनही ५ लाख नगदसहित सम्मान गर्ने

kharibot

काठमाडौँ । सरकारले घरेलु टोली यूएईविरुद्धको एक दिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही ५ लाख नगदसहित सम्मान गर्ने भएको छ । 

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले सोमबार बसेको मन्त्रीपरिषद बैठकले घरेलु टोली यूएईविरुद्धको एक दिवसीय र टी–२० अन्तराष्ट्रिय क्रिकेट श्रृखंला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही ५ लाख नगदसहित सम्मान गर्ने निर्णय गरेको जानकारी गराएका छन् । 

मंगलबार रिपोर्टस क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले सरकारले खेलाडीहरुको योगदानको उचित सम्मान गर्न त्यसको पूर्वाधार विकासमा जोड दिइरहेको बताए । 

मन्त्री विश्वकर्माले नयाँ पुस्तालाई पनि खेलकुद क्षेत्रमा आकर्षित गर्ने गरी खेलकुद क्षेत्रको विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । सरकारले खेलकुद क्षेत्रको विकासबाट पनि देशलाई समृद्ध बनाउन चाहेको पनि दोहोर्‍याए ।

मन्त्री विश्वकर्माले नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकपछि अर्को सफलता हासिल गर्दै गएकोमा आभार पनि व्यक्त गरे ।

यसअघि राष्ट्रिय खेलकुद परिषदले क्रिकेट टिमका हरेक सदस्यलाई ५ लाख नगदसहित सम्मान गर्न सरकारलाई सिफारिश गरेको थियो ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै