• २०८१ बैशाख १८ मंगलबार

प्रतिनिसभा अवरुद्ध, सर्लाही घटनामा प्रतिपक्षको अडान कायमै

kharibot

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदको विरोधका बीच बसेको प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभाबाट चार विधेयक पारित भएको जानकारी दिइएको छ । 

अपराह्न १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक डेढ घण्टापछि २:३० बजे मात्र शुरु भएको थियो । सभामुख कृष्णबहादुर महराले बैठकको कारबाही शुरु गर्नेबित्तिकै दुवै दलका सांसदले उठेर विरोध जनाएका थिए । सभामुख महराले पटक पटक बस्न अनुरोध गरे पनि सांसद नबसेपछि बैठकको कारबाही शुरु भएको थियो । 

विरोधमा उत्रिएका सांसदले भने वेल घेराउ गर्दै ‘मानव अधिकारको रक्षा गर’ भन्ने नारा लगाएका थिए ।

सर्लाही घटनाका विषयमा मङ्गलबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रामबहादुर थापाले दिएको जवाफ चित्त नबुझेपछि विरोध हुँदै आएको छ । 

विरोधका बीच भएको बैठकमा प्रतिनिधिसभामा उत्पत्ति भई राष्ट्रियसभामा गएका ‘विनियोजन विधेयक, २०७६’, ‘आर्थिक विधेयक, २०७६’, ‘राष्ट्र ऋण उठाउने  विधेयक, २०७६’ र ‘ऋण तथा जमानत (तेइसौँ संशोधन) विधेयक, २०७६’ राष्ट्रियसभाबाट पारित भएको जानकारी सचिव गोपीनाथ योगीले दिएका थिए ।

सर्लाही घटनाका विषयमा काँग्रेस र राजपाले संसदीय समिति गठन गर्नुपर्ने माग गरिरहेका छन् । गृहमन्त्री रामबाहदुर थापाले मंगलबार संसदमा बोल्दै संसदले संसदीय समिति गठन गर्न सक्ने बताएपनि नेकपाले सो घटनामा संसदीय समिति गठन गर्न आवश्यक नरहेको बताउदै आएको छ ।

मंगलबार १५ मिनेटका लागि स्थगित भएको बैठक यसै विषयमा कुरा नमिलेपछि सूचना टाँसेर आजका लागि बोलाइएको थियो ।

सर्लाहीका विप्लव नेतृत्वको नेकपाका नेता कुमार पौडेल र यहि असार १५ गते पूर्वपश्चिम राजमार्गको सर्लाही जिल्लाको बाँके चोकमा विरोध प्रदर्शनमा प्रहरीको गोलीबाट मृत्यु भएका ईश्वरपुर नगरपालिका वडा नं १३ का २६ वर्षीय सरोज नारायण सिंहलाई सर्लाही र महोत्तरीको सीमामा रहेको बाँके नदीमा बालुवा गिट्टी निकाल्न खनेको खाल्डोमा डुबेर स्थानीय बालक १२ वर्षीय अमृत रायको मृत्यु भएको विषयमा गृहमन्त्री रामबहादुर थापाले मंगलबार सार्वजनिक महत्वको वक्तव्य दिएका थिए ।

वक्तव्यपछि थापाको जवाफ चित्त नबुझेको भन्दै काँग्रेस र राजपाले संसदीय छानबिन समितिको माग राख्दै रोष्टम घेरेर संसद अवरोध गरेका थिए ।             

अब प्रतिनिधिसभाको अर्को बैठक यही असार ३० गते अपराह्न १  बजे बस्ने छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय