• २०८१ बैशाख १७ सोमबार

प्रतिनिधि सभाको बैठक स्थगित

kharibot

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ । आज अपराहन्न एक बजे बस्ने कार्यक्रम रहेकोमा संसद सचिवालयले सूचना प्रकासित गरेर बैठक स्थगित भएको जानकारी दिएको छ ।

संघीय संसद सचिवालयले जारी गरेको सूचनामा अविरल बर्षापछिको बाढी पहिरोका कारण भएको जनधनको क्षति भएकोले सांसदहरु आ-आफ्नो जिल्लामा राहत, उद्धारमा सहयोग गर्न जानुपर्ने भएकाले बैठक स्थगित गरिएको उल्लेख गरेको छ ।

प्रतिनिधि सभाको अर्को बैठक अब आगामी साउन ८ गते अपराहन्न १ बजेका लागि बोलाइएको छ ।

यस अघि आषाढ २५ गतेको बैठकमा काँग्रेस र राजपाका सांसदहरुले सर्लाही घटनाको छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्दै अवरुद्ध गरेपछि बैठक आजसम्मका लागि स्थिगित भएको थियो ।

 

           
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै