• २०८१ बैशाख १७ सोमबार

आर्सनलविरुद्ध पेनाल्टी सुटआउटमा रियल म्याड्रिड विजयी

kharibot

काठमाडौँ । इन्टरनेशनल च्याम्पियन्स कप अन्तर्गत स्पेनिस क्लब रियल म्याड्रिडले प्रिमियर लिग क्लब आर्सनललाइ पेनाल्टी सुट आउटमा पराजित गरेको छ ।

बुधबार बिहान भएको खेलमा निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

पेनाल्टी सुटआउटमा रियल म्याड्रिड ३-२ ले विजयी भएको थियो । पेनाल्टी सुटआउटमा रियलका ग्यारेथ बेलले पेनाल्टी मिस गरेका थिए भने आर्सनलका ग्रान्ट जाखा, नाचो मोनरियल र बर्टनले पेनाल्टी मिस गरेका थिए ।

यस अघि २-० गोल अन्तरले पछि परेको रियललाई दोस्रो हाफमा मैदान परवेश गरेका बेल र मार्को असेन्सियोले गोल गर्दै खेल बराबरी गराएका थिए । आर्सनलका लागि भने अलेक्जेन्डर लाकाजेटे र पिएरे एमरिक अउबामेयांगले एक एक गोल गरेका थिए ।

यस अघि दुवै टिमका एक एक खेलाडीले रातो कार्ड पाएपछि दुवै टिम १०-१० खेलाडीमा सिमित भएका थिए । दुवैले खेलमा दोहोरो पहेलो कार्ड पाएपछि मैदान छोडेका थिए । रातोकार्ड पाउनेमा आर्सनलका सोकराटिस पपास्टाथूउल्स र रियलका नाचो रहेका छन् ।

प्रि-सिजन टुर अन्तर्गत रियलले अब अको खेल एथलेटिको म्याड्रिडसँग जुलाई २७ मा खेल्दै छ भने आर्सनलले प्रि-सिजन टुर अन्तर्गत लियोनसँग खेल्दै छ । 
           
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै