• २०८१ बैशाख १७ सोमबार

रोमामाथि रियल म्याड्रिडको जित, ग्यारेथ बेलले रोनाल्डोको ठाउ लिदै 

kharibot

काठमाडौँ।  रियल म्याड्रिडले हाल जारी इन्टरनेशनल च्याम्पियन्स कपमा इटालियन क्लब एएस रोमालाई पराजित गरेको छ।  बुधबार बिहान भएको खेलमा रियलले रोमालाई २-१ गोल अन्तरले पराजित गरेको हो। 

रियलको जितमा मारको एसेन्सियो र ग्यारेथ बेलले गोल गरेका थिए भने मिलानका लागि एक गोल स्ट्रूटम्यानले गरेका थिए।  खेलको दोस्रो मिनेटमा नै एसेन्सियोले गोल अग्र्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको ५औ मिनेटमा बेलले गोल गर्दै रियलको अग्रता दोब्बर पारेका थिए।  

रोमाले खेलको ८३औ मिनेटमा एक गोल फर्काएको थियो। बेलले पहिलो गोल असिस्ट गरे भने दोस्रो गोल गरेर टिममा रोनाल्डोको अनुपस्थितिलाई पुरा गर्दै रियल म्याड्रिडलाई सम्हाल्ने पुरा तयारी गरेको देखिएको छ। 

क्रिस्टियानो रोनाल्डोले रियल छोडेपछि रियल म्याड्रिडको यो दोस्रो जित हो।  रोनाल्डोले छोडेपछिको पहिलो खेलमा भने रियल म्यानचेस्टर युनाइटेडसँग पराजित भएको थियो। पछिल्ला दुवै खेलमा एसेन्सियो र बेलले गोल गरेर रियलमा रोनाल्डोको कमिलाई आउदो सिजनमा दुवैले परिपूर्ति गर्ने लक्षण देखाएका छन्।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय