• २०८१ बैशाख १७ सोमबार

पेनाल्टी सुटआउटमा युभेन्टस विजयी

kharibot

काठमाडौँ । इन्टरनेशनल च्याम्पियन्स कप अन्तर्गत युभेन्टसले आफ्नो इटालियन प्रतिद्वन्दी इन्टरमिलानलाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ ।

बुधबार सम्पन्न खेलमा युभेन्टसले इन्टरमिलानलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गरेको हो । युभेन्टसलाई जिताउन हालै पिएसजीबाट युभेन्टस आएका भेट्रान गोलकिपर बुफानले तीन पेनाल्टी बचाएका थिए ।

त्यस्तै यस अघि भएको ९० मिनेटको खेल भने १-१ गोलको बराबरीमा भएपछि खेलको निर्णय पेनाल्टीबाट भएको थियो ।

यस अघि भएको इन्टर मिलानको गोल केहि साता अघि आयाक्सबाट युभेन्टसआएका माथिस डिलाइटले आत्मघाती गोल गरेका थिए भने युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले बराबरी गोल फर्काएका थिए ।

इन्टरनेशनल कपमा युभेन्टसको यो पहिलो जित हो । यस अघि खेलको पहिलो खेलमा अन्तिम मिनेटमा टोटनह्यामसँग गोल खाएपछि पराजित हुन पुगेको थियो ।

युभेन्टसले अब अर्को खेल अगस्त १० मा एथलेटिको म्याड्रिडविरुद्ध खेल्ने छ ।                               
     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै