• २०८१ बैशाख १७ सोमबार

मिलानमाथि म्यानचेस्टर युनाइटेड पेनाल्टी सुट आउटमा विजयी

kharibot

काठमाडौँ । इन्टरनेशनल च्याम्पियन्स कप अन्तर्गत म्यानचेस्टर युनाइटेडले इटालियन क्लब एसी मिलानलाई पेनाल्टी सुटआउटमा पराजति गरेको छ ।

गएराती सम्पन्न खेलमा युनाइटेडले निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गरेको हो ।

पेनाल्टी सुट आउटमा मिलानका १७ बर्षिय युवा खेलाडी डेनियल माल्दिनीले पेनाल्टी मिस गरेका थिए ।

यस अघि युनाइटेडका लागि मार्कोस राशफोर्ड र जेस्से लिन्गार्डले एक एक गोल गरेका थिए भने मिलानका लागि सुसो र भिक्टर लिन्डेलोफले एक एक गोल गरेका थिए ।

यो सँगै इन्टरनेशनल च्याम्पियन्स कपमा युनाइटेडले अहिलेसम्म खेलेका तिनै खेल जितेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै