• २०८१ बैशाख १७ सोमबार

बाढीमा डुबेका जनतालाई राहत दिन सरकार उदासिन भयो – सभापति देउवा

kharibot

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बाढी पिडितको राहतमा सरकार उदासिन भएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा सार्वजनिक महत्वको प्रस्तावमाथि भएको छलफलमा भाग लिदै सभापति देउवाले तराइका जिल्लामा जनताको बिचल्ली भएको बेला सरकार राहतमा नजुटेको आरोप लगाएका हुन् ।

बाढी प्रभावित क्षेत्र रौतहट, सर्लाही र सुनसरी जिल्ला आफुले भ्रमण गरेको बह्न्दै जनताको अवस्था दयनीय भएको आफुले पाएको बताए । सभापति देउवाले बाढी प्रभावितलाई सरकारले कुनै राहत दिएको नपाएको बताउदै तराइको अवस्था अत्यन्तै नाजुक रहेको बताए ।
बाढीले तटबन्द, पुल बगाएर लागेको आफुले देखेको बताउदै धेरै जनता विस्थापित भएर बसेको आफुले देखेर आएको संसदलाई जानकारी दिएका थिए । 

सभापति देउवाले तराई अस्तव्यस्त भएका बेला सरकारको उपश्थिति नदेखिएको बताउदै स्थानीय सरकार समेत नपुगेको आरोप लगाए । उनले भने,'खाद्यान्न डुबेको छ, पानी रोकिएला र घर जाउला भने बसिरहेका छन् तर पानी रोकिएको छैन । तर सरकारले केहि नगरेको देखिएन ।'

सभापति देउवाले डुबानका बारेमा भारतसँग कुटनीतिक रुपमा कुरा गर्नुपर्ने बताए । अहिले भारतले नेपाललाई दोष दिने र नेपालले भारतलाई दोष दिदा समस्या भएको बताउदै यसलाई कुटनीतिक स्तरबाट समधान गर्नुपर्ने बाताए । उनले कोशी ब्यारेज नजिक ब्यारेज बन्दादेखि नै बसिरहेका मानिसहरुलाई भारतले सुरक्षाको कारणले हटाउन खोजेको बताउदै सरकारले यसलाई तुरुन्त भारतसँग कुरा गरेर स्थायी समाधान निकाल्न माग गरे ।

सभापति देउवाले देश अप्ठ्यारोमा परेको बेला सबै एक ठाउमा आएर काम गर्नुपर्ने भन्दै सरकारले आवश्यक कदम नचाले आफुहरुले नै आवश्यक कदम चाल्ने चेतावनी दिए ।                           
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै