• २०८१ बैशाख १८ मंगलबार

तेस्रो एशेज अस्ट्रेलियाको पकडमा : घरेलु टिम इङल्याण्ड निरिह

kharibot

काठमाडौँ । जारी तेस्रो एशेजको दोस्रो दिनको खेल सकिदा अस्ट्रेलिया राम्रो अवस्थामा रहेको छ ।

पहिलो इनिंगमा केवल १९७ रनमा अल आउट भएको अस्ट्रेलियाले घरेलु टिम इङल्याण्डलाई पहिलो इनिंगमा ६७ रनमा अल आउट गरेपछि राम्रो अवस्थामा पुगेको हो । त्यस्तै आफ्नो दोस्रो इनिंगमा अस्ट्रेलियाले ६ विकेट गुमाएर १७१ रन बनाएपछि अब दोस्रो दिनको खेल सकिदा अस्ट्रेलियाले २८३ रनको अग्रता बनाइसकेको छ । 

अस्ट्रेलियाका लागि स्टिभ स्मिथको ठाउमा टिममा आएका मार्नस लाबुसचागनेले लगातार उत्कृष्ट ब्याटिंग गरेका छन् । उनले अविजित ५३ रन बनाएर खेलिरहेका छन् । त्यस्तै म्याथ्यु वाडेले ३३, ट्राभिस हेडले २५, उसमान ख्वाजाले २३ र मार्क्स ह्यारिसले १९ रन बनाएर आउट भए । त्यस्तै डेविड वार्नर र कप्तान टिम पाने शुन्यमा आउट भएका थिए ।

इङल्याण्डका बलर स्टुअर्ट बोर्ड र बेन स्टोकले २-२ विकेट लिए भने क्रिस वोक्स र ज्याक लिचले १-१ विकेट लिए । पहिलो इनिंगमा ६ विएत लिएका आर्चरले भने दोस्रो इनिंगमा विकेट लिएका छैनन् । उनको खुट्टामा समस्या आएपछि उनी खेलको बिचमा नै मैदान बाहिर गएका थिए ।       

यस अघि अस्ट्रेलियालाई पहिलो दिन १७९ रनमा समेटेको इङल्याण्डले आफ्नो पहिलो इनिंगमा केवल ६७ रन बनाउदा अल आउट भएको थियो ।

इङल्याण्डका लागि जोनी डेनलीले बनाएको १२ रन नै सर्वाधिक रन बन्न पुग्यो भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउने सकेनन् । इङल्याण्डका रेरी बर्न्स र जासन रोय ९-९ रन बनाएर आउट भए भने कप्तान जोय रुट शुन्यमा आउट भएका थिए ।

त्यस्तै बेन स्टोकले ८, जोनी बैरस्ट्रवले ४ जोस बटलरले ५, कृष् वोक्सले ५, जोफ्रा आर्चरले ७ र जयक लीच १ रन बनाएर आउट भए । त्यस्तै स्टुअर्ट बोर्ड ४ रन बनाएर अविजित रहे ।

त्यस्तै अस्ट्रेलियाका जोस हेजलवुडले सर्वाधिक ५ विकेट लिए । त्यस्तै पाट कमिन्सले ३ विकेट लिए भने जेम्स पाटीन्सनले २ विकेट लिए ।

यस अघि पहिलो दिन जोफ्रा आर्चरको घातक बलिङ पछि तेस्रो टेस्टको पहिलो इनिंगमा अस्ट्रेलिया १७९ रनमा समेटिएको थियो ।

बर्षाले प्रभावित तेस्रो एशेजको पहिलो दिन अस्ट्रेलिया टस गारेर पहिला ब्याटिंग गर्दै १७९ रन बनाउदै अल आउट भएको हो ।

अस्ट्रेलियाका लागि स्टिभ स्मिथको ठाउमा टिममा आएका मार्नस लाबुस्चागनेले सर्वाधिक ७४ रन बनाएका थिए भने डेविड वार्नरले ६१ रन बनाए ।

त्यस्तै कप्तान टिम पानेले ११ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । मार्क्स ह्यारिस र उसमान ख्वाजा ८-८ रन तथा ट्रेभिस हेड, पाट कमिन्स र म्याथ्यु वाडे शुन्यमा आउट भएका थिए । त्यस्तै जेम्स पाटिनसनले २, नाथन लियोन र हाजेलवुडले १-१ रन बनाएका थिए ।

इङल्याण्डका बलर जोफ्रा आर्चरले अस्ट्रेलियाका ६ ब्याट्सम्यानलाई आउट गरेका थिए । केवल दोस्रो टेस्ट खेलिरहेका आर्चर सटिक र बाउन्सर बलिङका कारण चर्चामा रहेका छन् ।

त्यस्तै स्टुअर्ट बोर्डले २ विकेट लिए भने क्रिस वोक्स र बेन स्टोकले एक एक विकेट लिएका थिए ।

सिरिजमा पहिलो खेल जितेर अस्ट्रेलिया १-० ले अगाडी रहेको छ भने दोस्रो खेल बराबर भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय