काठमाडौँ । इङलिश प्रिमियर लिगअन्तर्गत लिभरपुलले आर्सनललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुल ३-१ गोल अन्तरले विजयी भएको हो ।
लिभरपुलको जितमा मोहमद सलाहले २ गोल गरे भने एक गोल जोएल माटिपले गरेका थिए । त्यस्तै आर्सनलका लागि एक गोल लुकास टोरेइराले फर्काएका थिए ।
यो जितसँगै लिभरपुलले प्रिमियर लिगमा अहिलेसम्म खेलेका तिनै खेलमा शतप्रतिशत नतिजा निकाल्न सफल भएको छ । प्रिमियर लिगमा लिभरपुलको यो लगातार १२औ जित समेत हो । साथै घरेलु मैदानमा लिभरपुल अहिलेसम्म लगातार ४२औ खेलमा अपराजित रहेको छ ।
त्यस्तै सुरुका दुई खेलमा उत्कृष्ट खेल्दै जित निकालेको आर्सनलले भने यस खेलमा हार बेहोरेको छ ।
अब लिभरपुलले अर्को खेल बर्नलीविरुद्ध आगामी शनिबार खेल्ने छ भने आर्सनलले बने टोटनह्यामको सामना गर्ने छ ।