काठमाडौँ । क्वीन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा यहाँ जारी वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज विराटनगर टिटान्स वुमन टिमम विजयी भएको छ ।
विराटनगरले पोखरा पल्टन वुमनलाई ६ विकेटले पराजित गरेको हो ।
पोखराले दिएको ९५ रनको लक्ष्य पछाएको विराटनगरले १५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
विराटनगरका लागि ज्योति पाण्डेले २२, लक्ष्मी चौधरीले २३, डोली भट्टले १२ र अश्मिना कर्मचार्यले १६ रन बनाएकी थिइन् ।
पोखराका बलर सिता राना मगरले २ विकेट लिइन् भने अनुराधा चौधरीले एक विकेट लिएकी थिइन् ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाएर ९४ रन बनाएको थियो । पोखराका लागि कविता कुँवरले सर्वाधिक २२ रन बनाएकी थिइन् भने कप्तान सिता राना मगरले १६, अन्जली चन्दले १५, रेवती धामीले १२ र सरस्वती मगरले १० रन बनाएकी थिइन् ।
विराटनगरका बलर सबनम राईले २ विकेट लिएकी थिइन् ।
यो जितसहित विराटनगरले लगातार दोस्रो जित हासिल गरेर ४ अंक हासिल गरेर शिर्ष स्थानमा रहेको छ भएन पोखराले लगातार दोस्रो हार बेहोरेको छ ।
प्रतियोगिता अन्तर्गत आजै दोस्रो खेलमा चितवन राइनोज वुमन र ललितपुर फाल्कोन्सबीच खेल हुदै छ ।