• २०८१ बैशाख १७ सोमबार

राहदानी बनाउन सकस (फोटो फिचर)

kharibot

तस्वीर : सोनी थापा/खरीबोट

काठमाडौँ । काठमाडौँको नारायणहिटीस्थित राहदानी विभागमा नयाँ राहदानी बनाउनेहरुको भिड एक्कासी बढेपछि स्थिति असहज बनेको छ ।

हरेक दिन हजारौको संख्यामा नयाँ राहदानी बनाउनेहरुको भिडले अहिले बिभागलाई व्यवस्थापन गर्न हम्मे हम्मे परेको छ । 

बिभागका अनुसार अरु बेला ५ देखि ६ सय सम्मले नयाँ राहदानी बनाउन आवेदन दिने गरेको भए पनि अहिलो त्यो संख्या १० गुणासम्म बढेको छ । 

मलेसियामा रोजगारी खुलेको, दसैंको लामो बिदापछि कार्यालय खुलेको र अमेरिकी डीभी भर्न पासपोर्ट नम्बर अनिवार्य गरिका कारण भीड बढेको विभागको भनाई छ ।

विभागका अनुसार दोब्बर शुल्क तिरेर तीन दिनमा पासपोर्ट बनाउन आउने सेृवाग्राहीको संख्या सामान्य अवस्थामा भन्दा अहिले तीन गुणा वृद्धि भएको छ । जिल्लाहरुबाट राहदानी वितरण थालेपछि विभागमा निवेदन दिनेको संख्या घटेको थियो । तर डिभी भर्नकै लागि राहदानी बनाउनेका संख्या बढेपछि विभागमा प्राविधिक समस्यासमेत आएको छ ।

अमेरिकाले सन् २०२१ का लागि अक्टोबर २ अर्थात असोज १५ गतेदेखि देखि डीभीको आवेदन खुल्ला गरेको थियो । आवेदनको समयसीमा ५ नोभेम्बर अर्थात कात्तिक १९ गतेसम्म छ । यस बर्ष राहदानी नम्बर अनिवार्य गरेपछि नयाँ राहदानी बनाउनेको संख्या असामान्यरुपले बढेको छ ।

फोटो फिचर :

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै