• २०८१ बैशाख १७ सोमबार

टी-१० लिगमा कर्नाटका विजयी, सन्दीपले लिए एक विकेट

kharibot

काठमाडौँ । टी-१० लिग अन्तर्गत सन्दीप लामिछानेको टिम कर्नाटका टुस्कर्स पहिलो खेलमा विजयी भएको छ ।

शनिबार सम्पन्न खेलमा कर्नाटकाले दिल्ली बुल्सलाई १९ रनले पराजित गरेको हो ।

कर्नाटकाले दिएको १११ रनको लक्ष्य पछाएको दिल्ली बुल्सले १० ओभरमा ८ विकेट गुमाएर ९१ रन बनाएको थियो ।

दिल्लीका लागि एन्जोलो म्याथ्युजले सर्वाधिक ३१ रन बनाए भने इयोन मोर्गनले २१ रन बनाए ।

कर्नाटकाका लागि नाथन रिम्मिन्गटोनले ३ विकेट लिए । त्यस्तै अहमद राजा र पाट ब्राउनले २-२ विकेट लिएका थिए । त्यस्तै सन्दीप लामिछाने एक विकेट लिए ।

सन्दीपले पहिलो बलमा नै विकेट लिएका थिए । सन्दीपले २ ओभरमा १९ रन दिएर एक विकेट लिए । 

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको कर्नाटकाले १० ओभरमा ५ विकेट गुमाएर ११० रन बनाएको थियो ।

कर्नाटकाका लागि उपुल थरंगाले सर्वाधिक ४८ रन बनाएका थिए भने शाफिकुल्लाहले ३४ रन बनाए । 

दिल्ली बुल्सका बलर रवि रामपाउलले २ विकेट लिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै