• २०८१ बैशाख १७ सोमबार

युरोकपमा २० देश छानिए, अब चार स्थानका लागि १५ देश प्लेअफ खेल्दै

kharibot

काठमाडौँ । सन् २०२० को युरोकपका लागि २० देश छानिए भएका छन् ।

आउदो बर्ष जुन १२ देखि जुलाई १२ सम्म युरोपका विभिन्न १२ वटा शहरमा हुने युरो २०२० फुटबल प्रतियोगिताका लागि भएको छनौट खेलबाट २० देश छनोट भएका हुन् ।

अब युरोकपमा छनौट हुन बाँकी चार स्थानका लागि १५ देशबीच प्लेअफ खेल हुदै छ ।

युरो कपका लागि इङल्याण्ड, चेक रिपब्लिक, युक्रेन, पोर्चुगल, जर्मनी, इटाली, स्विट्जरल्यान्ड, डेनमार्क, क्रोसिया, वेल्स, स्पेन, स्विडेन, पोल्यान्ड, अस्ट्रिया, फ्रान्स, टर्की, बेल्जियम, रसिया, इटाली र फिनल्यान्ड छनोट भएका छन् ।

अब युरोकपमा छनौट हुन चार स्थान बाँकी रहेको छ । अब चार स्थानका लागि कोसोभो, बुल्गेरिया, सर्विया, नर्दन आइरल्यान्ड, बेलारुस, आयरल्यान्ड गणतन्त्र, जर्जिया, हंगेरी, स्लोभिकया, नर्वे, रोमानिया, मेसेडोनिया, इजरायल, स्टकल्यान्ड र बोस्निया एन्ड हर्जगोभिना गरि १५ देश प्लेअफमा खेल्ने छन् ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै