• २०८१ बैशाख १७ सोमबार

प्रधानमन्त्री ओलीको कारवाहीमा ६ मन्त्री र ३ राज्यमन्त्री

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तत: मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । बुधबार साँझ सार्वजनिक नयाँ मन्त्रिपरिषद्को सुची अनुसार पुराना ६ मन्त्री र ३ राज्यमन्त्री हटाइएको छ ।

सरकारबाट बिदा हुनेमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव छन् ।

त्यसैगरी राज्यमन्त्री धनबहादुर बुढा, रामकुमारी चौधरी र सुरेन्द्रकुमार यादव पनि जिम्मेवारीबाट मुक्त भएका छन् ।

त्यस्तै उपप्रधानमन्त्री उपेन्द्र यादव र कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालको एकआपसमा विभागीय मन्त्रालय हेरफेर भई उपप्रधानमन्त्री यादवले कानून र ढकालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्हाल्ने छन् । विसं २०७४ फागुन ३ गते ओलीको नेतृत्वमा मन्त्रिपरिषद् गठन भएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै