• २०८१ बैशाख १७ सोमबार

टी-१० लिगमा क्रिस लीनको धमाका ! 

kharibot

काठमाडौँ । जारी टी-१० लिगमा अस्ट्रेलियन ब्याट्सम्यान क्रिस लीनको आक्रामक ब्याटिंगको अहिले निकै चर्चा भएको छ ।

मराठा अरेबियन्सका कप्तानसमेत रहेका लीन आज जारी दिल्ली बुल्सविरुद्धको खेलमा ३३ बलमा ८९ रन बनाएर आफ्नो उत्कृष्ट फर्मको फाइदा उठाएका छन् । लीनले यस अघि ६१ र ९१ रनको विष्फोटक पारी खेलेका थिए ।

अहिले जारी खेलमा लीनको विस्फोटक ८९ रनको पारीको मद्धतले मराठा अरेबियन्सले दिल्ली बुल्सलाई १० ओभरमा १४७ रनको लक्ष्य दिएको छ । लीनले ३३ बलमा ९ छक्का र ५ चौका प्रहार गरेका थिए ।

यस अघि लीनले टीम आबु धाबीविरुद्ध ३० बलमा ९१ रन बनाएका थिए । सो खेलमा लीनले ७ छक्का र ९ चौका प्रहार गरेका थिए । त्यस्तै अर्को खेलमा लीनले कर्नाटका टुस्कर्सविरुद्ध ३१ बलमा ६१ रन बनाएका थिए जसमा ६ छक्का र एक चौका प्रहार गरेका थिए । 

हालै आइपिएल टिम कोलकोता नाइट राइडर्सले लीनलाई रिलिज गरेकोमा कोलकोताको निकै आलोचना समेत भएको छ । अब यी आक्रामक ब्याट्सम्यानलाई आफ्नो आइपिएल टिममा लिनेमा आइपिएल फ़्रेन्चाइजीबीच प्रतिष्पर्धा हुने निश्चित देखिएको छ ।

जारी टी-१० लिगमा मराठा अरेबियन्स अहिलेसम्म ४ खेलमा २ खेलमा जित हासिल गरेको छ भने एक खेल बिना नतिजा सकिएको छ र एक खेलमा हार बेहोरेको छ । समुह बि मा रहेको मराठा समुहमा शिर्ष स्थानमा रहेको छ ।         
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै