• २०८१ बैशाख १७ सोमबार

वार्नरको शतकीय पारीपछि पाकिस्तानविरुद्ध अस्ट्रेलिया बलियो अवस्थामा 

kharibot

काठमाडौँ । पाकिस्तानविरुद्धको टेस्ट खेलमा अस्ट्रेलियाले शानदार शुरुवात गरेको छ ।

खेलको दोस्रो दिनको खेल सकिदा अस्ट्रेलियाले एक विकेट गुमाएर ३१२ रन बनाएको छ ।

अस्ट्रेलियाले दोस्रो दिनको खेल सकिदा पहिलो इनिंगमा ७२ रनको अग्रता लिएको छ भने अझै ९ विकेट बाँकी छ ।

अस्ट्रेलियाका लागि ओपनर डेविड वार्नर १५१ रन बनाएर खेलिरहेका छन् । आफ्नो ८०औ टेस्ट खेलिरहेका वार्नरले आफ्नो क्यारियरको २२औ शतक प्रहार गरेका छन् ।

अस्ट्रेलियाका लागि जोय बर्न्सले ९७ रन बनाएर आउट भए भने मार्नस लबुसचाँगेले अविजित ५५ रन बनाएर खेलिरहेका छन् ।

अस्ट्रेलियाको एक विकेट पाकिस्तानी बलर यासिर शाहले लिएका थिए ।

यस अघि खेलको पहिलो दिनमा पाकिस्तान अल आउट हुदै २४० रन बनाएको थियो ।

अस्ट्रेलिया टुरमा रहेको पाकिस्तानले अस्ट्रेलियाविरुद्ध २ टेस्टको सीज खेल्दै छ ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै