• २०८१ बैशाख १७ सोमबार

पाकिस्तानविरुद्ध वार्नर र लाबुसचाग्नेको शतक

kharibot

काठमाडौँ । अस्ट्रेलियाका ब्याट्सम्यानद्वय डेविड वार्नर र मार्नस लाबुसचाग्नेले पाकिस्तानविरुद्धको दोस्रो टेस्टमा शतकीय पारी खेलेका छन् ।

शुक्रबारदेखि शुरु भएको दोस्रो टेस्टमा वार्नरले शतक प्रहार गर्दै पाकिस्तानविरुद्ध लगातार दोस्रो शतक प्रहार गरेका छन् ।

त्यस्तै मार्नस लाबुसचाग्नेले पनि टेस्ट क्रिकेटमा लगातार दोस्रो शतक बनाएका छन् । लाबुसचाग्नेले यस अघि पाकिस्तानविरुद्धको पहिलो टेस्टमा १८५ रनको पारी खेलेका थिए । आफ्नो क्यारियरमा उनले प्रहार गरेको यो दोस्रो टेस्ट शतक हो । 

त्यस्तै वार्नरले यस अघि खेलको पहिलो टेस्टको पहिलो इनिंगमा १५४ रन बनाएका थिए । आफ्नो क्यारियरको २३औ शतक पुरा गरेका वार्नरले दोस्रो टेस्टमा पनि अस्ट्रेलियालाई ठोस शुरुवात दिएका छन् ।

यो समाचार तयार गरुन्जेल वार्नर १३६ र लाबुसचाग्ने १०४ रन बनाएर खेलिरहेका छन् ।  

टस जितेर पहिला ब्याटिंग रोजेको अस्ट्रेलियाले पहिलो विकेट जोय बर्न्सको रुपमा केवल ८ रनमा गुमाएपनि दोस्रो विकेटका लागि वार्नर र लाबुसचाग्नेले २४० रनको साझेदारी गर्दै अस्ट्रेलियालाई एक विकेट गुमाएर २४८ रनसम्म पुर्याएका छन् ।

अस्ट्रेलिया टुरमा रहेको पाकिस्तानले यो अन्तिम खेल खेलिरहेको छ । यस अघि खेलेको टी-२० सिरिजमा अस्ट्रेलिया २-१ ले विजयी भएको थियो बहने टेस्ट सिरिजमा पाकिस्तान १-० ले पछाडी रहेको छ ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै