• २०८१ बैशाख १९ बुधबार

सन् २०३० सम्म कस्तो होला स्मार्ट फोन ?

kharibot

तस्बीर क्रेडिट : शटरस्टक

काठमाडौँ । दशकको अन्त्यपछि स्मार्ट फोन र प्रविधिको पुनरावलोकन गर्दा, २०१० देखि सन् २०१९ सम्मको चलन चल्ती अनुसार फोल्ड गर्न मिल्ने मोबाईलदेखि युएसबी पोर्ट र ६-जीसम्मको प्रविधि सन् २०३० मा प्रख्यात हुने देखिन्छ । 

अहिले भएको स्मार्ट फोनहरुको विश्लेषण गर्नुपर्दा सन् २०३० सम्ममा सबै मोबाइलको पुरै संरचनामा दर्जनौ क्यामेरा जडान हुनेछ । तर स्मार्ट फोनहरु यस बढ्दो बाहिरी आकर्षणभन्दा पनि भित्रि काम लाग्ने फिचरमा बढी ध्यान दिनेछन् । 

भविष्यका फोल्ड गर्न मिल्ने मोबाइल  

सन् २०१९ मा आएको फोल्ड गर्न मिल्ने स्मार्ट फोनले सबैको ध्यान तानेको छ । थुप्रै कम्पनी जस्तै, सामसङ्गको ग्यालेक्सी- फोल्ड, मोटोरोला रेजर २०१९ मा सार्वजनिक भएका फोल्ड गर्न मिल्ने फोनहरु हुन् । अरु फोनको रिलिजसंगै यी मोबाइल झन् धेरै लोकप्रिय बन्दै गएका छन् ।

त्यसो भए के सन् २०२९ मा सबैको हातमा फोल्ड गर्न मिल्ने फोन हुन्छ त ? तर यो सब मोबाइल कम्पनीहरुले आफ्नो योजना कस्तो बनाउछन् भन्नेमा भर पर्छ । अहिले फोल्ड गर्न मिल्ने फोनले राम्रो शुरुवात गरेको छ तर प्रविधि बाहेकका अरु फ्यानहरुले भने यसलाई खासै मन पराएका छैनन् । किनकी ती फोन निकै महँगो र सफ्टवेर पनि राम्रोसंग विकास नगरिएका छन् । तर यदि फोल्डएबल फोन सस्तो मूल्य र राम्रो फिचरका साथ बजारमा आयो भने त्यो प्रयोगकर्ताको पहिलो रोजाईमा पर्ने निश्चित छ ।  

दश वर्ष निकै लामो समय हो, यस समय अवधिमा फोल्डएबल फोनको मूल्य अवस्य कम हुन्छ जुन प्रयोगकर्ताको लागि किफायती मूल्य हुनेछ । यो एक परिक्षण हो, मानिसहरुले नयाँ फोनलाई कसरी लिनेछन् भन्ने कुरा महत्वपुर्ण हुन्छ । 

के ५-जी र ६-जी प्रख्यात हुनेछन् ?

विश्वको विभिन्न देशहरुमा ५-जी प्रयोगमा आइसकेका छन् तर प्रयोगकर्ताले यस प्रविधिलाई कस्तो उपयोग गर्नेछन् भने हेर्न बाँकी छ । ४-जी कतिपयको लागि आफुलाई आवस्यक पर्नेभन्दा पनि छिटो चल्छ तर उच्च गतिको इन्टरनेट सुविधा भएको ५-जीलाई सपोर्ट गर्ने उपकरणहरु सबै मोबाइल कम्पनीले बनाएका छैनन् र बनेका पनि अझै पुरै तरिकाले बजारमा छैनन् । 

तर आउदो वर्षहरुमा भने प्राय सबै कम्पनिले ५-जी सपोर्ट गर्ने मोबाइल लन्च गर्ने तयारीमा छन् र अहिले ४-जी साधारणतया सबैले उपयोग गरे जस्तै ५-जी पनि सामान्य बन्दै जान्छ ।

सबैलाई उच्च गतिकै इन्टरनेट चाहिने हुनाले प्राय सबै उपकरण ५-जी केन्द्रित हुदैछन् र पछि भने ४-जी मात्र भएको फोन कम हुनेछ ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अनुसार ६-जी नेटवर्क पनि यही दशकमा बन्ने सम्भावना धेरै छ ।  तर त्यो भन्दा पहिला विश्वभरका प्रयोगकर्ता ५-जीलाई कसरी लिने छन् भन्ने हेर्न बाँकी छ । 

फ्रन्ट फेसिङ क्यामेराको भविष्य

अहिले बजारमा भएको स्मार्ट फोनको प्रतिस्पर्धामा स्मार्टफोनको फ्रन्ट फेसिङ क्यामराले बाजी मारेको छ । आइफोनमा भएजस्तो ठुलो निशान भएको क्यामेरा वा अन्य फोनमा भएजस्तै टियर-ड्रप निशान भएको क्यामेरा वा पन्च-होल कट आउट भएको सामसङ्गको क्यामेरा, र पप-अप क्यामेरा, यी सबै कम्पनीहरुको विशेषता सहितको क्यामेरा हुन्  । 

आगामी दिनका फोनमा यो भन्दा पनि अझै विकसित रुपका क्यामेरा देख्न पाइनेछ जस्तै फ्रन्ट-फेसीङ क्यामेरा जुन डिस्प्लेको तल हुनेछन्। 

ओपोले यस विशेषताको पहिला नै सार्वजनिक गरिसकेको छ र अन्य कम्पनी पनि यसमा काम गर्दै छन् । यसमा अगाडीको भ्युको स्न्यापर हटाउन मिल्छ, यसले स्क्रिनको ठाउँ पनि ओगट्ने छैन र पप-अपको तुलनामा  इन्टरनल स्पेस पनि कम लिनेछ । 

सन् २०१९ को अन्त्यसम्ममा केहि स्मार्ट फोनमा दुई वटा फ्रन्ट-फेसर क्यामेरा देखिएको थियो, एउटा फोटो खिच्न र अर्को डेप्थ सेन्सिंगको लागि जसले ब्याकग्राउण्ड ब्लर्र गर्छ । अबको केहि वर्षमा नै सेल्फी नै मुख्य प्रकारको फोटो हुनेछ । 

गुड-बाई पोर्टस् 

अहिले नै कतिपय मोबाइल कम्पनीले आफ्नो फोनमा रहेको ३.५५ एमएमको हेडफोन ज्याक हटाइसकेका छन् । २०३० सम्म पुग्दा प्राय सबैमा पोर्टहरु हट्दै जानेछ, २०२० मा नै प्राय फोनमा पोर्ट हुदैन । 

ब्लु टुथ प्रविधिले गर्दा तार जोड्नु पर्ने झन्झटबाट प्रयोगकर्ता मुक्त हुदै छन् । अबको १० वर्षमा सबै हेडफोन प्रविधि हटेर जान्छ । 

 बजारमा भएको प्रोटो-टाइप फोनमा भएको वायर-लेस मतलब तार बिना नै चार्ज गर्न मिल्ने फोनले सबैलाई आकर्षित बनाएको छ । युएसबीबाट कप्यूटरमा जोड्न,  वाइफाई कनेक्ट गर्न, एनएफसि जस्तो अरु विकल्प पनि रहेका छन् । यसले फोन छिटै चार्ज गर्ने हुँदा प्रयोगकर्ता तार र पोर्टबाट यसमा धेरै भर पर्ने पक्का छ । 

अझ धेरै रियर क्यामेरा  

अबको स्मार्ट फोनमा धेरै क्यामेरा हुने कुरामा कुनै दुई मत छैन तर यस संगै मेगा- पिक्सेल पनि पर्छ । अहिलेसम्म एक सय आठ मेगा पिक्सेलको क्यामेरा बजारमा आइसकेको छ । साओमी एमआइ नोट-१० मा सबैभन्दा धेरै रिजोलुसन भएको एक सय आठ मेगा पिक्सेलको क्यामेरा रहेको छ । 

यसले भविष्यमा अझ धेरै पिक्सेल भएको क्यामेरा आउने संकेत दिइसकेको छ । वैज्ञानिकहरुको अनुसार मानव आँखाले पाँच सय ७६ मेगा पिक्सेलसम्मको रिजोलुसन देख्न सक्छ र अहिलेको मोबाइल कम्पनी आँखाले देख्ने जस्तै क्यामेराले भिजन दिने दावी गर्छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै