• २०८१ बैशाख १७ सोमबार

पेरिसडाँडामा प्रकाश दाहाललाई श्रद्धान्जली (फोटोफिचर)

kharibot

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार मृत्यु भएका आफ्ना पुत्र प्रकाश दाहालको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम विदाइ गरेका छन् । आइतबार बिहानै हृदयाघातका कारण अकस्मात् मृत्यु भएपछि प्रचण्ड झापाबाट काठमाडौं आइपुगेका थिए ।

मध्याह्न छोराको शव रहेको नर्भिक अस्पतालमा आइपुगेपछि मात्रै अस्पतालले पत्रकार सम्मेलन गरी प्रचण्डपुत्रको आकस्मिक हृदयाघातका कारण मृत्यु भएको जानकारी दिएको थियो । प्रचण्डभन्दा अघि प्रकाश दाहालकी श्रीमती बिना मगर, सिर्जना त्रिपाठी, दिदी रेणु दाहाललगायतका आफन्त अस्पताल आइसकेका थिए । अस्पतालबाट माओवादी केन्द्रको पार्टी कार्यालयमा उनको शव श्रद्धाञ्जलीका लागि लगिएको थियो । कार्यालयमा माओवादीका अध्यक्ष समेत रहेका प्रचण्डले छोरालाई पार्टीको झण्डा ओढाई अन्तिम विदाइ गरेका हुन् । सो क्रममा उनी भावुक भएका थिए ।

पेरिसडाँडामा राखिएको प्रकाशको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलि दिन माओवादी केन्द्रका नेता कार्यकर्ता, उपराष्ट्रपति नन्दबहादुर पुन, अन्य राजनीतिक दलका नेताहरु पुगेका थिए ।

पार्टी कार्यालयमा उनको शव श्रद्धाञ्जलिका लागि राखिएकोमा आजै साँझ पशुपतिमा अन्तिम संस्कार गरिने जनाइएको छ ।

 

तस्बिर : प्रदीपराज वन्त/रासस 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै