• २०८१ बैशाख १७ सोमबार

भारतीय क्रिकेट कप्तान विराट कोहलीको एकै दिनमा अनेकन रेकर्ड 

kharibot

नयाँ दिल्ली । भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहली हरेक खेलमा नयाँ रेकर्ड बनाउन थालेका छन् । 

श्रीलंका विरुद्धको अघिल्लो टेस्ट क्रिकेटमा शतक हान्दै आफ्नो ५०औ अन्तर्राष्ट्रिय सतक पुरा गरेका कोहलीले लगातर तेस्रो खेलमा पनि शतक हानेका छन् ।

कोहलीले श्रीलंका विरुद्धको तेस्रो टेस्टको पहिलो दिन १५६ रन नट आउट बनाएका छन् । साथै विराटले टेस्ट क्रिकेटमा ५ हजार रन पनि पुरा गरेका छन् । टेस्ट क्रिके मा ५ हजार रन बनाउने विराट विश्वका ११औ ब्याट्सम्यान बनेका छन् । ६३ टेस्ट खेलका १०५ पारीमा आफ्नो ५ हजार रन पुरा गरेका हुन् ।  

साथै विराटले साथै विराट कोहलीले अन्तरार्ष्ट्रिय क्रिकेटमा १६ हजार रन पनि पुरा गरेका छन् । उनि टेस्ट क्रिकेटमा सुनील गावस्कर, विरेन्द्र सहवाग र सचिन तेन्दुलकर पछि छिटो ५ हजार रन बनाउने भारतीय खेलाडी बनेका छन् । गावस्करले ९५ टेस्ट पारीमा आफ्नो ५ हजार रन पुरा गरेका थिए भने सहवागले ९९ पारीमा पुरा गरेका थिए । त्यस्तै तेन्दुलकरले १०३ पारीमा आफ्नो ५ हजार रन पुरा गरेका थिए ।

यस खेलबाट विराटले अर्को नयाँ रेकर्ड पनि बनाएका छन् । उनले सन् २०१७ मा सबै भन्दा बढी रन बनाउने अन्तर्राष्ट्रिय खेलाडी पनि बनेका छन् । विराटले सन् २०१७ मा २६ सय भन्दा बढी रन बनाएका छन् ।

त्यस्तै टेस्ट क्रिकेटमा उनले बनाएको २० सतक पनि भारतका महान क्रिकेटर सचिनले भन्दा छिटो बनाएका छन् । सचिनले १०७ पारीमा आफ्नो २०औ टेस्ट सतक बनाएका थिए भने विराटले १०५ पारीमा आफ्नो २०औ सतक बनाएका छन् । भारतकै सुनील गावस्करले ९३ टेस्ट पारीमा आफ्नो २०औ सतक पुरा गरेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै