• २०८१ बैशाख १७ सोमबार

साझासँग एकीकरणका लागि विवेकशील नेपाली दलमा आन्तरिक मतदान सम्पन्न

kharibot

काठमाडौँ । विवेकशील नेपाली दलले साझा पार्टीसँग एकीकरण सम्बन्धी प्रस्तावमा पार्टी भित्र मतसंग्रहको मतदान प्रक्रिया पूरा भएको जनाएको छ।

पार्टी अध्यक्ष मिलन पाण्डेका अनुसार विवेकशील नेपाली दल र साझा पार्टीका संवाद समितिले दुई दलबिचको एकीकरणका लागि भएको वार्ताका निष्कर्षहरू ‘संयुक्त प्रतिवेदन’ गत कार्तिक ५ गते सङ्घीय समितिको बैठकले सदस्यहरूकहाँ छलफलका लागि पठाएकोमा कार्तिक २६ र २७ गते विवेकशील नेपाली दलका नेपालस्थित सदस्यहरूले एसएमएसबाट र प्रवासमा रहेका सदस्यले इमेलबाट साझा पार्टीसँग एकीकरण गर्ने (एस) की नगर्ने (नो) भनी मतदान गरेका छन् ।

मतसंग्रहको सम्पूर्ण व्यवस्थापन र संयोजन पार्टीको स्वायत्त निर्वाचन आयोगले गरेको विवेकशीलले जनाएको छ । 

विवेकशील नेपाली दलको विधानबमोजिम सदस्यहरूको दुई-तिहाइ मतले अनुमोदनपछि मात्रै एकीकरणको निर्णय पारित हुने व्यवस्था रहेको छ ।

मत परिणाम मतदान सकिएको ४८ घण्टाभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगले जानकारी दिएको छ । 

शीर्ष नेताहरू मात्र मिलेर पार्टी एकीकरण गर्ने प्रचलनलाई तोड्दै विवेकशील नेपाली दलले आम सदस्यहरूको मतमार्फत एकीकरणको निर्णय गर्न लागेको जानकारी दिएको छ । यस किसिमको मतसंग्रहले नेपालको राजनीतिक इतिहासमा सदस्यहरूको सार्वभौमिकता र दलहरूभित्रको आन्तरिक लोकतन्त्रको उच्चतम अभ्यासको व्यवहारिक संस्थापनाको रूपमा इतिहासमा लिपिबद्ध हुने विवेकशील नेपाली दलको विश्वास लिएको उल्लेख गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै