• २०८१ बैशाख २० बिहीबार

बंगलादेशविरुद्ध पहिलो हाफमा नेपालको २-० को अग्रता

kharibot

काठमाडौँ । नेपालले बंगलादेशविरुद्ध त्रिदेशीय कप फुटबलअन्तर्गत फाइनल खेलको पहिलो हाफको खेल सकिएको छ ।

पहिलो हाफको खेल सकिदा नेपालले २-० को अग्रता लिएको छ ।

नेपालका लागि खेलको १८औं मिनेटमा संजोग राई र खेलको ४२औ मिनेटमा विशाल राईले गोल गरेका थिए ।

नेपालले यस अघि खेलेका दुवै खेल गोलरहित बराबरी खेलेको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजेदेखि फाइनल जारी रहेको छ ।

खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली अहिले रंगशालामा उपस्थित रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै