• २०८१ बैशाख २१ शुक्रबार

नेपालले जित्यो त्रिदेशीय कप फुटबलको उपाधि

kharibot

काठमाडौँ । नेपालले त्रिदेशीय कप फुटबलको उपाधि जितेको छ । नेपालले फाइनल खेलमा बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै  त्रिदेशीय कप फुटबलको उपाधि जितेको हो ।  

नेपालले दुवै गोल पहिलो हाफमा गरेको थियो भने बंगलादेशले दोस्रो हाफमा एक गोल फर्काएको थियो ।

नेपालका लागि खेलको १८औं मिनेटमा संजोग राई र खेलको ४२औ मिनेटमा विशाल राईले गोल गरेका थिए ।

त्यस्तै खेलको ८३औ मिनेटमा बंगलादेशका महबुर रहमानले गोल गरेका थिए ।  

यसअघि खेलेका दुवै खेल गोलरहित बराबरी खेलेको नेपालले फाइनलमा भने उत्कृष्ट प्रदर्शन गर्दै खेल जितेको थियो ।

त्यस्तै बंगलादेशले भने कीर्गिस्तान यू-२३ लाई १-० गोलले पराजित गरेको थियो भने नेपालसँग यसअघि गोलरहित बराबरी खेलेको थियो ।

फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि रंगशालामा उपस्थित रहेका थिए । प्रधानमन्त्री ओलीले फाइनल खेल पुरै हेरेका थिए ।

त्यस्तै फाइनल खेलमा नेपालका विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो अन्तिम खेल खेलेका छन् ।

विराज खेलको ८९ औ मिनेटमा मैदान प्रवेश गरेर आफ्नो अन्तिम खेल खेलेका थिए । विराजले नेपालका लागि ७३औ अन्तर्राष्ट्रिय खेल खेल्दै आफ्नो अन्तर्राष्ट्रिय क्यारियर टुंगाएका हुन् । उनी नेपालका लागि अहिलेसम्म सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी बनेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै