• २०८१ बैशाख २१ शुक्रबार

त्रिदेशीय कप फुटबलका विजेतलाई जनही चार लाख रुपैयाँ पुरस्कार 

kharibot

प्रतिनिधि तस्वीर

काठमाडौँ । सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही चार लाख रुपैयाँ दिने भएको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही चार लाख रुपैयाँ दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन् । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप फुटबलको उपाधि जितेको थियो ।

नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गरेका हुन् । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो ।

उपाधिसँगै नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त गरेको छ । 

नेपाली खेलाडीको हौसला बढाउन प्रधानमन्त्री ओली दशरथ रंगशाला पुगेका थिए ।

नेपालको तर्फबाट दुवै गोल हुँदा प्रधानमन्त्री ओलीले उठेर ताली बजाउँदै खेलाडीलाई हौसला प्रदान गरेका थिए ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पनि विजेता खेलाडीलाई जनही एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिसकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै