• २०८१ बैशाख १७ सोमबार

नाइजेरियामा बोको हरामद्वारा आक्रमण गरी लडाकु विमान खसाएको दाबी

kharibot

प्रतिनिधि तस्वीर

काठमाडौँ । जिहादी गतिविधिमा निरीक्षण गर्ने साइटको अनुसार, आतङ्कवादी सङ्गठन बोको हरामले एक भिडियो जारी गर्दै नाइजेरियाको सैनिक लडाकु विमानमा आक्रमण गरी खसाएको बताएको छ ।

नाइजेरियाको अधिकारीले केही दिन पहिला सेनाको लडाकु विमान, बोर्नो राज्यमा सम्पर्कविहीन भएको जानकारी सार्वजनिक गरेका थिए ।

बोको हरामले आफ्नो भिडियो सन्देशमा एक विमानलाई आकाशमा नै विस्फोट गरेको बताएको छ ।

विमानमा नाइजेरिया वायु सेनाको जानकारी अल्फा-जेट पंजीकरण नम्बर पनि राहेको छ ।

वायु सेनाको अनुसार, उक्त विमान बुधवार लडाकु अभियानको क्रममा सम्पर्कविहीन भएको थियो ।

शुक्रवार वायु सेनाले चालक दलका दुई सदस्य सहित उडान भरिरहेको विमान दुर्घटनाग्रस्त हुनसक्ने अनुमान गरेको थियो ।

सेनाले खोज एवंम् बचाउ अभियान तीव्र गरेको जानकारी दिएको थियो ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै