• २०८१ बैशाख १७ सोमबार

राप्रपा अध्यक्ष कमल थापा र विप्लवबीच भेटवार्ता

kharibot

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा र नेकपाका महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ ।

शुक्रबार भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको राप्रपा अध्यक्ष थापाले जानकारी इद्येका छन् ।

उनले विप्लव नेतृत्वको माओवादीसँग सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने राप्रपाको धारणा रहेको स्पष्ट गरेका छन् ।

भेटमा दुवै पार्टीका अन्य नेताहरुको पनि सहभागिता रहेको थियो ।

पछिल्लो समय विप्लव सक्रिय हुदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै