• २०८१ बैशाख १७ सोमबार

पूर्वसभामुख महरालाई उच्च अदालतबाट पनि सफाई

kharibot

काठमाडौँ । पाटन उच्च अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ दिएको छ ।

मंगलबार उच्च अदालत पाटनको न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महराविरुद्धको मुद्दाको सुनुवाइ गर्दै जिल्ला अदालत, काठमाडौँको फैसलालाई सदर गरेको हो । 

महरा सभामुख रहेका बेला संसद् सचिवालयमा कार्यरत कर्मचारीलाई जबर्जस्ती गरेको भन्दै मुद्दा दायर भएको थियो ।

महराले आरोप लागेपछि २०७६ असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए भने उनी असोज १९ गते पक्राउ परेर ५ महिना पूर्पक्षका लागि कारागारमा पनि बसेका थिए ।

महरालाई २०७६ फागुन ५ गते काठमाडौं जिल्ला अदालतले सफाइ दिएको थियो । जिल्ला अदालतको सफाईपछि सरकारले २०७७ साल पुस १७ गते उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै