• २०८१ बैशाख १७ सोमबार

फिल्म ‘छक्का पञ्जा ३’ को ट्रेलर सार्वजनिक, असोज २४ मा रिलिज हुने 

kharibot

काठमाडौँ। दशैँमा प्रदर्शनमा आउने भनिएको प्रतिक्षीत फिल्म ‘छक्का पञ्जा ३’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । एककार्यक्रमका बीच छक्का  पञ्जा ३ को ट्रेलर सार्वजनिक गर्दै रिलिज मिति पनि सार्वजनिक गरिएको छ। फिल्म असोज २४ गते घटस्थापनाको दिन रिलिज हुने भएको छ। 
 
दिपकराज गिरी, दीपिका प्रसाइँ, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङ आ-आफ्नो चरित्रमा प्रस्तुत छन् । आमा सरस्वती मुभिज र आईएमईएको संयुक्त प्रस्तुति रहेको फिल्मलाई दीपाश्री निरौलले निर्देशन गरेकी हुन् । 
 
फिल्ममा नीर शाह, शिवहरी पौडेल, विल्सन विक्रम राई, किरण केसीलगायतको पनि अभिनय छ । प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत र संजोग कोइराला गेस्ट रोलमा छन् । 

‘छक्का पञ्जा ३’ को कथा दीपक आफैंले लेखेका हुन् । फिल्ममा केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे) कार्यकारी निर्माताको रुपमा छन् । दीपक, केदार, जितु र यमन श्रेष्ठले डाइलग लेखेका हुन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै