• २०८१ बैशाख १६ आइतबार

प्रिमियर लिगमा म्यानचेस्टर सिटी विजयी

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिगमा म्यानचेस्टर सिटी विजयी भएको छ ।

गएराती सम्पन्न खेलमा सिटीले क्रिस्टल प्यालेसलाई २-० गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा ग्याब्रियल जिसस र डेविड सिल्भाले एक एक गोल गरेका थिए । 

यो जितपछि सिटीको ९ खेलमा १९ अंक भएको छ भने लिगको दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको लिभरपुल ८ खेलमा २४ अंकसहति शिर्ष स्थानमा रहेको छ । 

त्यस्तै गएराती नै भएको खेलमा चेल्सीले जित हासिल गरेको छ ।  चेल्सीले न्युक्यासल युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको छ ।

त्यस्तै गएराती नै भएको अर्को खेलमा एभर्टन, लेस्टर सिटी, एस्टन भिल्ला विजयी भएका छन् ।  त्यस्तै टोटनह्याम भने वाटफोर्डसँग १-१ गोलको बराबरीमा रोकिएको छ । 

प्रिमियर लिग अन्तर्गत आज राति लिभरपुल र म्यानचेस्टर युनाइटेडबीच खेल हुदै छ ।        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै