• २०८१ बैशाख १८ मंगलबार

आइपिलको प्रसारण अधिकार लिलामी: स्टारले टिभी र रिलायन्सले किन्यो डिजिटल

kharibot

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी पाँच सिजन (२०२३ देखि २०२७) का लागि मिडिया अधिकारको लिलामीको दोस्रो दिन सकिएको छ । हालसम्म भारतीय उपमहाद्वीपका लागि टिभी र डिजिटल अधिकार लिलामीको प्रक्रिया पूरा भएको छ ।

यी दुई श्रेणीको अधिकार ४४ हजार ७५ करोड भारुमा बेचिएको छ । थप दुई श्रेणीको लिलामी हुन बाँकी रहेको र आज प्रक्रिया पूरा हुनेछ ।

मिडिया रिपोर्टका अनुसार स्टारले भारतीय उपमहाद्वीपको टिभी अधिकार २३ हजार ५७५ करोड भारतीय रुपैयाँमा र डिजिटल अधिकार रिलायन्सको कम्पनी वायाकम १८ ले २० हजार ५०० करोड भारुमा किनेको छ । अर्थात् स्टार इन्डियाले टिभीमा प्रसारण हुने म्याचको लागि प्रति खेल ५७.५ करोड भारु दिनेछ भने वायाकम १८ ले डिजिटल प्लेटफर्ममा प्रसारणका लागि प्रति खेल ५० करोड भारु तिर्नेछ ।

बीसीसीआईले विजेता कम्पनीको नाम भने सार्वजनिक गरेको छैन । पछिल्लो पटक स्टारले टिभी र डिजिटल दुवै अधिकार १६ हजार ३४८ करोडमा किनेको थियो । यसपटक भने साढे दुई गुणाले बढेको छ ।

यसरी भारतीय क्रिकेट कन्ट्रोल बोर्डले प्रति खेल कम्तिमा १०७.५ करोड भारु पाउने भएको छ ।

यसरी, एक खेलको प्रसारण अधिकारका अनुसार, आईपीएल अब विश्वको दोस्रो महँगो लिग बनेको छ। आईपीएलले ईपीएललाई हराएको छ (प्रति खेल ८६ करोड)। अहिले अमेरिकाको नेशनल फुटबल लिगले योभन्दा बढी पैसा पाएको छ ।

एनएफएलले प्रत्येक खेलको प्रसारण अधिकार बापत १३३ करोड भारु पाउँछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै