• २०८१ बैशाख १८ मंगलबार

मुकेश अम्बानीले किने न्यूयोर्कको पाँचतारे होटल मन्डारिन ओरिएन्टल

kharibot

काठमाडौँ । भारतका सबैभन्दा धनी मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिज लिमिटेडले न्यूयोर्कको आइकोनिक लक्जरी होटल मन्डारिन ओरिएन्टललाई ९.८१ मिलियन डलर ( लगभग ७२९ करोड भारतीय रुपैयाँ) मा किनेको छ ।

२००३ मा निर्मित, मन्डारिन ओरिएन्टल ८० कोलम्बस सर्कल, न्यूयोर्कमा स्थित एक लोकप्रिय लक्जरी होटल हो । यो सेन्ट्रल पार्क र कोलम्बस सर्कलको छेउमा छ । रिलायन्सले गत वर्ष बेलायतको प्रतिष्ठित कन्ट्री क्लब र गल्फ रिसोर्ट स्टोक पार्कलाई ५७ मिलियन पाउण्ड (लगभग ५९२ करोड भारतीय रुपैयाँ) मा किनेको थियो ।

रिलायन्सले भारतको स्टक एक्सचेन्जमा दिएको जानकारी अनुसार रिलायन्स इन्डस्ट्रीज लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी रिलायन्स इन्डस्ट्रियल इन्भेस्टमेन्ट एण्ड होल्डिङ्स लिमिटेडले कोलम्बस सेन्टर कर्पोरेशनको सम्पूर्ण जारी शेयर पूँजी लगभग ९८.१ मिलियनको इक्विटी अधिग्रहण गरेको छ । कोलम्बस सेन्टर कर्पोरेशन केम्यान टापुमा स्थापित कम्पनी हो र मन्डारिन ओरिएन्टल न्यूयोर्कमा ७३.३७ प्रतिशत सेयरको अप्रत्यक्ष मालिक हो । मन्डारिन ओरिएन्टल न्यूयोर्क शहरको प्रतिष्ठित लक्जरी होटलहरू मध्ये एक हो ।

मन्डारिन ओरिएन्टल न्यूयोर्कमा स्थित एक ५ तारे लक्जरी होटल हो । यसमा, एक रातको लागत ७४५ डलर देखि १४ हजारसम्मका लक्जरी स्विट रहेका छन् । यस होटलमा लक्जरी सुइटहरुदेखि प्रेसिडेंशियल सुइट, सुइट ५००० पनि उपलब्ध रहेको छ ।

न्यूयोर्कको मन्डारिन ओरिएन्टल विश्व प्रसिद्ध होटल हो । यसले एएए फाइभ डायमण्ड होटल, फोर्ब्स फाइभ स्टार होटल र फोर्ब्स फाइभ स्टार स्पा सहित धेरै पुरस्कारहरू जितेको छ । रिलायन्स फाइलिङका अनुसार २०१८ मा यसको राजस्व ११५ मिलियन अमेरिकी डलर, २०१९ मा ११३ मिलियन अमेरिकी डलर र २०२० मा १ करोड ५० लाख अमेरिकी डलर थियो ।

पछिल्लो समय अम्बानीले होटल उद्योगमा पाइला टेकेका छन् । उनले केहि समय अघि मात्र बेलायतको प्रसिद्ध र प्रतिष्ठित कन्ट्री क्लब स्टोक पार्क पनि किनेका छन् । ३०० एकडमा बनेको यो क्लबलाई अम्बानीले ५९२ करोड भारतीय रुपैयाँमा किनेका हुन् ।

स्टोक पार्क अहिलेसम्म ब्रिटिश शाही परिवारको स्वामित्वमा थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै